४ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने पक्राउ

लोकपथ
273
Shares

काठमाडौं । रुपन्देहीमा चार वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

चार वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कञ्चन गाउँपालिका-४ बुद्धनगर बस्ने ५३ वर्षीय हेमलाल गन्धर्वलाई मंगलवार साँझ प्रहरीले पक्राउ गरेको हो।

गन्धर्वले ती बालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?