दाङमा पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल चढेको गाडी दुर्घटना

लोकपथ
2.1k
Shares

काठमाडौं । दाङमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल चढेको गाडी दुर्घटनामा परेको छ ।

अध्यक्ष पोखरेलसहित पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीसहितको टोली चढेको गाडी दुर्घटनामा परेको हो ।

बुधवार दिउँसो दाङ तुल्सीपुर जेसिज चोक नजिक उनीहरु चढेको गाडीलाई सोही दिशाबाट आएको गाडीले ठक्कर दिएको हो ।

दुर्घटनामा मानवीय क्षति भने नभएको दाङका अध्यक्ष केसीले जानकारी दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?