हेर्नुहोस् यस वर्षको पहिलो चन्द्र ग्रहण (लाइभ)

लोकपथ
559
Shares

काठमाडौं । आज (बुधवार) यो वर्षको पहिलो चन्द्र ग्रहण लागेको छ । यो चन्द्रग्रहण नेपालबाट भने देख्न पाइने छैन । नेपालको आकाशमा चन्द्रोदय हुनु अगाडि नै चन्द्रग्रहणको अवधि सकिने छ ।

विश्वका विभिन्न स्थानबाट चन्द्रग्रहणका सुन्दर तस्वीरहरु सार्वजनिक भइरहेका छन् । यो वर्ष विश्वका विभिन्न स्थानबाट सुपर ब्लड मुन देखिने भएकाले पनि निकै महत्वपूर्ण र विशेष छ । यो पटक चन्द्रमा पृथ्वीको नजिक पनि छ।

बुधवारको सुपर मून वर्ष सन् २०२१ को दोश्रो सुपरमून हो । यसअघि गत अप्रिल २६ मा पहिलो सुपर मून देखिएको थियो ।

सुपर मून उत्तर अमेरिका, पश्चिमी र दक्षिणी अमेरिका र पूर्वी एसियाली मुलुकहरूमा देखिने छ ।

हेर्नुहोस् लाइभ : 

 

तस्वीर : एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?