कोरोनाका कारण थप १ सय ४५ जनाको मृत्यु

लोकपथ
707
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप १ सय ४५ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप ६ हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १९ हजार ३० जनाको पीसीआर गर्दा ६६७७ जनामा र ३२२ जनाको एन्टिजेन ३७ जनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ६ हजार ७ सय १६ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ४ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?