नेपालको राजनीतिक घटनाक्रमबारे छिमेकी राष्ट्र भारतको प्रतिकृया यस्तो

लोकपथ
140
Shares

काठमाडौं । पछिल्लो समय नेपालमा विकसित भइरहेको एकपछि अर्को राजनीतिक घटनाक्रमबारे छिमेकी देश भारतले धारणा सार्वजनिक गरेको छ ।

भारतले नेपालमा विकसित भइरहेको घटनाक्रम नेपालको आन्तरिक मामिला भएको बताएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराव श्रीवास्तवले एक कार्यक्रममा बोल्दै नेपालका विषयहरु आन्तरिक फ्रेमवर्क भएको र प्रजातान्त्रिक प्रक्रियाबाट नै समाधान खोज्नुपर्ने सुझाव दिएका छन् ।

उनले भने- ‘यो उनीहरुको घरेलु फ्रेमवर्क र प्रजातान्त्रिक प्रक्रियाद्वारा उनीहरुले नै समाधान गर्ने विषय हो ‘ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?