२० वटा रुखको विरुवा रोप्दै कंगनाले भनिन् -रुखहरु नभए घाटा कसलाई ?

लोकपथ
182
Shares

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौतले रुखको विरुवा रोपेको तस्वीर अपलोड गरेकी छिन् । उनले म यो प्लानेटमा जन्मिए मैले पनि प्लानेट आफ्नो तर्फबाट केही दिनुपर्छ भन्दै रुख रोपेको बताएकी छिन् ।

साथै उनले ‘ताउ ते’ चक्रवातका कारण भारतमा धेरै रुखहरुको बिनास भएको र हामीहरुले अब रुख रोप्नु पर्ने बताएकी छिन् ।

रुख रोप्दै गरेको तस्वीर अपलोड गर्दै उनले लेखेकी छिन् “आज मैले २० वटा रूखहरू रोपेको छु। हामी केवल हामीलाई के भयो भनेर सोध्छौं, कहिलेकाँही तपाईंले यो प्लानेटलाई के दिनुभयो भनेर पनि सोचौँ । मुम्बईमा भर्खरै चलेको आँधीबेहरीको कारण शहरले यसका ७० प्रतिशत रूखहरू गुमायो। गुजरातमा ५० हजार भन्दा बढी रूखहरू नष्ट भए। यी रूखहरू बढ्न दशकौं लाग्छ।

हामी तिनीहरूलाई हरेक वर्ष गुमाउने गरेका छौं । यस घाटालाई कसलाई भएको छ । सबैले कसरी आफ्नो शहरलाई कंक्रिड होइन हरियाली मैत्री वातावरण बनाउने भन्ने सोच्नुपर्छ । हामीले आफैलाई यो सोध्नु पर्छ। के हामी सरकारलाई सहि प्रश्नहरू सोधिरहेका छौँ । हामी हाम्रो देशलाई के दिदैछौं ?”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?