यस्तो रहनेछ आजको मौसम

लोकपथ
182
Shares

काठमाडौं । आज प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, प्रदेश २, बाग्मती, र गण्डकी प्रदेशका केहि स्थानहरूमा र बाकी प्रदेशहरुका एक वा दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ । प्रदेश १ को एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । गण्डकी, बागमती प्रदेश र प्रदेश १ का हिमाली/उच्च पहाडी भूभागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात/वर्षा को सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

हाल देशमा बंगालको खादीमा रहेको यास नाम गरिएको चक्रवातको आंशिक प्रभाव रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?