कांग्रेसले समानुपातिक सांसद र स्थानीय तहका उम्मेदवारलाई टिकट नदिने, तर…

काठमाडौँ, २१ असोज- कांग्रेसले समानुपातिकबाट सांसद बनेका र स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका नेतालाई प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबनाउने भएको छ । तर, यसअघि प्रभावशाली समानुपातिक सांसद रहेकालाई व्यवस्थापन गर्न कांग्रेसले ‘अपवादबाहेक’ भन्ने निर्णय गरेको छ, नयाँ पत्रिकाले खबर छापेको छ ।‘साबिक संविधानसभा हाल व्यवस्थापिका–संसद्को समानुपातिक निर्वाचन प्रणालीबाट सभासद्÷सांसद बनेका व्यक्तिहरूलाई आसन्न प्रतिनिधिसभा निर्वाचनमा अपवादबाहेक समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवार पुनः नबनाउने निर्णय गर्दछ,’ कांग्रेसको निर्णयमा भनिएको छ, ‘स्थानीय तहको निर्वाचनमा महानगर/उपमहानगर, नगरपालिका तथा गाउँपालिकाको प्रमुख र उपप्रमुख पद र अन्य पदमा पार्टीका तर्फबाट उम्मेदवार बनेका व्यक्तिहरूलाई प्रदेश सभा तथा प्रतिनिधिसभाको सदस्य पदको उम्मेदवार नबनाउने निर्णय गर्दछ ।’कांग्रेसले ०७० को निर्वाचन र स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका तथा त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थक बनेकालाई प्रदेश र प्रतिनिधिसभाको उम्मेदवार नबनाउने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?