भिरबाट अचानक ढुङ्गा खसेर लाग्दा एक जनाको मृत्यु

लोकपथ
105
Shares

काठमाडौं । कास्कीमा ढुङ्गा खसेर लाग्दा एक जनाको मृत्यु भएको छ । अन्नपूर्ण गाउँपालिका-१० किन्से ५० वर्षीय पूर्ण सिंह परियारको भीरबाट ढुङ्गा खसेर लाग्दा सोमवार दिउँसो मृत्यु भएको हो ।

घान्द्रुकबाट किन्सेतर्फ जाँदै गरेको अवस्थामा भिरबाट अचानक ढुङ्गा खसेर लाग्दा पूर्णा सिंह गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी घान्द्रुकबाट खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?