काठमाडौं – बर्दिया जिल्लामा हात्तिको आक्रमणबाट आमाछोरीको मृत्यु भएको छ ।
जिल्लाको गेरुवा गाउँपालिका वडा नं – १ मा गएराति हात्तिको आक्रमणबाट सोमबार राति ९ बजे सरखोल खचकपुर बस्ने बर्ष ३७ की चन्द्रा वि.क र उनकी छोरी वर्ष ३ की दिपिका वि.कको मृत्यु भएको हो ।
आफ्नो घरमा बसीरहेको अवस्थामा बर्दिया राष्ट्रिय निकुञ्जबाट आएका दुई वटा जंगली हात्तीले वि.क आमाछोरीलाई आक्रमण गरेको थियो ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार हात्तिले सुडमा उठाई घरबाट अन्दाजी ३० मिटर टाढा लगी मृतक चन्द्रा वि.कलाई छोडिदिएको थियो । उनको घटनास्थलमै मृत्यू भएको र छोरी दिपिका वि.क सक्त घाईते भएकी थिईन् ।
उनको नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्ज लगिएकोमा आज बिहान उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया