डा जागेश्वर गौतमको जिम्मेवारी फेरियो

लोकपथ
336
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतम वीर अस्पताल कोभिड–१९ युनिफाइड अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयका प्रवक्तासमेत रहेका प्रा.डा. गौतमलाई युनिफाइड अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

गौतमले वीरको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त भएसँगै जनशक्तिको व्यवस्थापन, स्रोत साधनको व्यवस्थापन र अन्य व्यवस्थान गरेर मुलुकभरका कोभिड अस्पतालका लागि आवश्यक स्वास्थ्य सामाग्री लगायतको व्यवस्थापन गर्नेछन्।

गौतमको जिम्मेवारी फेरिएसँगै मन्त्रालयमा सह-प्रवक्ता समिर कुमार अधिकारीले गौतमको कार्यभार तत्कालका लागि सम्हाल्ने छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?