तुलसीपुरमा ‘भोक निवारण अभियान’ सञ्चालनमा

लोकपथ
217
Shares

काठमाडौं । कोरोना महामारीको बेला ‘भोक निवारण अभियान’ अन्तर्गत दाङका दश परिवारहरुलाई अति आवश्यक खाद्य सामाग्रीहरु वितरण गरिएको छ ।

तुलसीपुरमा युवा नेपाल विद्यार्थी संघका जिल्ला कोषाध्यक्ष अरुण लहरेको अगुवाईमा दैनिक ज्याला मजदुरी गर्ने श्रमिकका परिवारहरुलाई खाद्य सामाग्रीहरु वितरण गरिएको हो ।

No description available.

दैनिक ज्याला मजदुरी गर्ने श्रमिक र विद्यार्थीको सहयोगार्थ अभियान सञ्चालन गरि सहयोग गर्न शुरु गरिएको अभियान्ता अरुण लहरेले बताए । शुक्रवार देखि थालिएको अभियानमा पहिलो दिन तुलसीपुर उपमहानगरपालिका ७, गणेशपुर निवासी बसन्त विकको परिवार र तुलसीपुरका एक विद्यार्थीलाई खााद्यन्न सहयोग गरिएको छ । विकको परिवारमा केहिदिन अघि कोरोना संक्रमणका कारण एक जनाको निधन भएको थियो ।

उनको परिवारलाई दाल, चामल, नुन तेल लगाएका खाद्य सामाग्री प्रदान गरिएको अभियानका संयोजक तथा अभियान्ता लहरेले जानकारी दिए ।

No description available.

खाद्य सामाग्रीमा चामल, दाल, नुन तेल र आटा वितरन गरिएको हो । साथै नेवि संघ दाङले सहयोगी मनहरुलाई यस अभियानमा साथ दिन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?