सिसिएमसीको प्रमुख कार्यकारी अधिकृतमा बालानन्द शर्मा नियुक्त

लोकपथ
161
Shares

काठमाण्डौं । कोभिड – १९ सङ्कट व्यवस्थापन केन्द्र सिसिएमसी निर्देशक समितिको प्रमुख कार्यकारी अधिकृतमा पूर्वरथी बालानन्द शर्मा नियुक्त भएका छन् ।

सोमबारको मन्त्रिपरिषद् बैठकले सिसिएमसी निर्देशक समितिको प्रमुख कार्यकारी अधिकृतमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिए । शर्मालाई नेपाल सरकारको सचिवसरहको सेवा सुविधा दिएर उक्त पदमा नियुक्त गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?