काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीले प्रधान न्यायाधीशलाई मध्यरातमा निवासमा बोलाउनु शुभ संकेत नभएको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जवरालाई सोमबार मध्यरातमा प्रधानमन्त्री निवास बोलाएको समाचारहरु बाहिरिएसँगै ट्वीटरमार्फत् टिप्पणी गर्दै डा. भट्टराईले प्रधान न्यायाधीश लाई प्रधानमन्त्रीले मध्यरातमा निवासमा बोलाउने र विदेशी दूत हरुसँग पटक पटक भेट्नु लोकतन्त्रका लागि शुभ संकेत नभएको बताएका छन् । उनले खिलराज रेग्मी प्रकरण अन्तरिम संविधानकालको अपवाद भएको उल्लेख गर्दै सो कुरा नजीर बन्न नसक्ने पनि बताए ।
डा. भट्टराईले राज्यका प्रमुख अंग धुजाधुजा पारेर संविधान र लोकतन्त्र मास्ने खेल पूरा हुनुनहुने पनि उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया