आईपीयू गभर्निङ काउन्सिलको भर्चुअल बैठक सुरु

लोकपथ
49
Shares

काठमाडौं । अन्तर–व्यवस्थापिका संघ (आईपीयू)को २०७औं गभर्निङ काउन्सिलको दुई दिने बैठक मंगलबार भर्चुअल माध्यमबाट सुरु भएको छ।

प्रत्येक ६ महिनामा विभिन्न सदस्य राष्ट्रमा आयोजना हुँदै आएको सम्मेलन कोरोना महामारीका कारण अघिल्लो वर्षदेखि भर्चुअल माध्यमबाट बैठक भएको हो । काउन्सिलको बैठकमा नेपालको तर्फबाट राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र राष्ट्रिय सभा सदस्य पार्वती रावल सहभागी भएका छन् । दुई दिनसम्म चल्ने बैठकको पहिलो दिन उद्घाटन तथा आईपीयूका अध्यक्ष दुआरते पचेकोले आफ्नो नियुक्ति पछिको ६ महिने कार्यकाल बारे जानकारी गराएका थिए ।

काउन्सिलको बैठकमा आईपीयूको २०२० को बजेट र २०६ औं बैठकका निर्णय समिक्षा भएको छ । त्यसैगरी दोस्रो दिन विभिन्न कमिटीहरुका प्रतिवेदन बारे छलफल हुनेछ ।

आईपीयू सम्मेलन पनि हुँदै

त्यसैगरी आईपीयूको १४२ औं सम्मेलन यही बिहीबार र शुक्रबार भर्चअल माध्यमबाटै हुनेछ । महामारीको समयमा व्यवस्थापिका संघको भूमिका विषयमा छलफल हुने सम्मेलनमा पनि नेपालको संघीय संसदको तर्फबाट अध्यक्ष तिमिल्सिना सहभागी भई सम्बोधन गर्नेछन् ।

आईपीयूको १४१ औं सम्मेलनमा सर्बियाको बेलग्रेडमा २०७६ असोजमा भएको थियो । सो सम्मेलनमा नेपालको संसदको तर्फबाट अध्यक्ष तिमिल्सिना नेतृत्वको ९ सदस्यीय प्रतिनिधिमण्डलले भाग लिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?