हामीलाई पार्टी सदस्यबाट निष्कासित गरियो भन्नु हास्यास्पद : भिम रावल

लोकपथ
196
Shares

काठमाडौं । नेकपा(एमाले)का नेता भिम रावलले आफुहरुलाई निष्कासित गरिएको भन्नु हास्यास्पद रहेको बताएका छन् ।

सोमबार एमालेले रावल लगायतका नेताहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेसँगै प्रतिक्रिया दिदैँ नेता रावलले केपी गुटले आफुहरुलाई पार्टी सदस्यबाट निष्कासित गरिएको भन्नु हास्यास्पद रहेको प्रतिक्रिया दिएका हुन् । उनले आफुहरु माथिको कारबाही केपी गुटको फुटवादकै निरन्तरता भएको बताए । ‘केपी गुटले हामीलाई पार्टी सदस्यबाट निष्कासित गरियो भन्नु हास्यास्पद छ ।’ उनले अगाडी भने, ‘यो केपी गुटको फुटवाद कै निरन्तरता हो ।’

नेता रावलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विधान मिच्दै मनपरी गरेको, संविधान उल्लंघन गरेको, देशको अस्मिता र अस्तित्वमा आघात पार्ने नागरिकता वितरण लगायतका राष्ट्रघाती कुकृत्य गरेको आरोप समेत लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?