काठमाडौं । नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने समर्थनसहित हस्ताक्षर गर्ने १२ जना नेताहरुसँग स्पष्टिकरण मागेको छ ।
सोमबार बसेको स्थायी कमिटी बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा लागि सर्वोट अदालतमा रिट निवेदन दर्ता गर्ने १२ जना सांसदहरुलाई स्पष्टिकरण सोधेको हो । नेताहरु विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, सुरेन्द्र पाण्डे, मेटमणि चौधरी, दिपक प्रकाश भट्ट र नारायण खतिवडालाई स्पष्टिकरण सोधिएको एक नेताले जानकारी दिए ।
एमालेले बरिष्ठ नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपालसहित अन्य ११ जना नेताहरुलाई भने पार्टी बाटै निष्काशन गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया