एमालेद्धारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

लोकपथ
70
Shares

काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । बैठकले सरकारबाट फिर्ता आउन मन्त्रीहरुलाई निर्देशन दिएको एक नेताले बताए ।

सुदूरपश्चिममा नेकपा(माओवादी केन्द्र)को नेतृत्वमा सरकार रहेको छ । एमालेले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री त्रिलोचन भट्टले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?