हेर्नुहोस् आजका टप १५ हेडलाइन्स्

लोकपथ
56
Shares

नेपालमा बितेको २४ घण्टामा गरिएको २० हजार ४सय ५३ परिक्षणमा ७ हजार ४ सय २५ जनामा कोरोना संक्रमण पुष्टि,७ हजार १ सय ३५ जना संक्रमणमुक्त, १ सय ८५ जनाको मृत्यु

संसद पुनःस्थापना र कांस्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता, १ सय ४६ जना सांसदको हस्ताक्षर रहेको विपक्षी गठबन्धनको दावी

नागरिकता सम्बन्धी अध्यादेशको स्वागतमा मधेशका प्रमुख शहरहरूमा दिपावली, अध्यादेश जारीसँगै नागरिकताबाट वञ्चित युवाले नागरिकता प्राप्त गर्ने ।

सर्वोच्चबाटै प्रधानमन्त्रीको नियुक्तीका लागि परमादेश जारी गर्न माग, कांग्रेस सभापति देउवाले गरे हस्ताक्षर ।

चार सातापछि कोरोना संक्रमण घट्दै जाने स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीको भनाई, स्वास्थ्य सङ्कटकालको सुझावमा सरकार सकारात्मक रहेको प्रतिक्रिया ।

नागरिकता अध्यादेशको मनसाय गलत भएको विवेकशील साझा पार्टीको निष्कर्ष, संसद छलेर अध्यादेश ल्याउनु गलत भएको भनाई ।

कोरोना संक्रमणबाट पूर्वसांसद नरेन्द्र बस्नेतको निधन, कोरोना संक्रमणकै कारण अस्ताईन् वरिष्ठ साहित्यकार डाक्टर बानिरा गिरी ।

नागरिकता अध्यादेश महान्यायाधिवक्ताको कार्यालयबाटै सिफारिसमा भएको महान्यायाधिवक्ता रमेश वडालको भनाई,अध्यादेश संविधान अनुरुप नै आएको प्रष्टोक्ति

कोरोनाविरुद्धको खोप नेपालमा उपलब्ध गराउनेबारे अमेरिकासंग पहल भइरहेको राजदूत खतिवडाको भनाई, एमसीसीको कार्यान्वयन नेपालको विकासको लागि अपरिहार्य

स्वास्थ्य सम्बन्धी अध्यादेशपछि उपत्यकामा हिडडुलमा थप कडाई, नियम पालना नभए १ वर्ष कैद र ५ लाख जरिवाना हुनसक्ने ।

यो वर्षको एसईई परीक्षा भौतिक रुपमा गर्ने सम्भावना न्युन रहेको शिक्षा, मन्त्री कृष्णगोपाल श्रेष्ठको भनाई, विकल्पकाबारे मन्त्रालय छलफलमा ।

सकारात्मक सोच र योगाभ्यासले तनाव व्यवस्थापन गर्न सघाउ पुग्ने मनोविद्को भनाई, सकारात्मक सोच,शुद्ध खाना र निरन्तर योगाभ्यास गर्न सुझाव

निषेधाज्ञाकाबीच सेयर बजारमा एकपछि अर्को नयाँ रेकर्ड, सोमबार शेयर बजारमा १३ अर्ब १७ करोड बढीको कारोबार

युद्धविरामको मर्मलाई उल्लंघन नगर्न इजरायल र प्यालेस्टाइनलाई राष्ट्रसंघको आग्रह, सम्झौताको अक्षरस पालना गर्न सम्वद्ध राष्ट्रहरुको ध्यानाकर्षण

स्पेनका कप्तान सर्जियो रामोस राष्ट्रिय टोलीमा अटाएनन्, डिफेन्डरमा म्यानचेस्टर सिटीका आईमेरिक ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?