कोरोना विरुद्धको भ्याक्सिन दिएपछि के के खान हुँदैन ?

लोकपथ
845
Shares

कोरोनाबाट हुने सङ्क्रमणलाई रोक्न नेपालमा कोरोना भ्याक्सिनको दोस्रो डोज लगाउने कार्य अहिले सञ्चालन भैरहेको छ । दुई चरणमा लगाउनु पर्ने यो खोप भारत र चीन सरकारको सहयोगमा २४ लाख डोज प्राप्त भएको थियो । जसअनुसार १२ लाख नेपालीले यो खोप लगाउन पाए ।

कोरोना भ्याक्सिन थप व्यक्तिहरूमा लगाउन सरकारले विदेशी राष्ट्रहरूसँग पहल गरिरहेको छ । यो खोप आएपछि छुटेका व्यक्तिहरूलाई चरणबद्ध रूपमा खोप लगाइने जनाएको छ ।

यो खोप लगाएपछि शरीरमा कोरोना विरुद्ध रोग प्रतिरोधी क्षमता बढाउनुका साथै एन्टि बडी बनाउने काम गर्छ भन्ने कुरा अनुसन्धानकर्ताहरुले बताउदैं आएका छन् । उनीहरूका अनुसार खोप लगाउने व्यक्तिले लगाउनु भन्दा अगाडी र लगाएपछि आफूले गर्ने खानपिनमा विशेष सतर्कता अपनाउनु पर्ने बताएका छन् । यदि खोप लगाएर खानपिनमा उचित ध्यान नदिने हो भने खोपले शरीरमा गर्ने प्रभाव कम हुने कुरामा सचेत गर्न थालेका छन् ।

खोप लगाएपछि औषधिको प्रभावले शरीरमा एन्टिबडी बनाउनु पर्ने हुनाले पनि खानपिनमा उचित ध्यान दिएमा खोपले शरीरमा पार्ने प्रभाव राम्रो हुने उनीहरूको तर्क रहेको छ ।

मद्यपान र ध्रुमपान नगर्ने

यदि तपाई मद्यपान र ध्रुमपानको सेवन गर्नुहुन्छ भने कोरोना विरुद्धको खोप लिएको केही दिनसम्म यी दुवै कुराको सेवन गर्नु हुँदैन । मद्यपान र ध्रुमपानले शरीरको रोग प्रतिरोधी क्षमतालाई कमजोर बनाउने गर्छ । यस्तो अवस्थामा खोप लिएपछि मदिरा सेवन गरेमा खोकी, ज्वरो र अन्य विभिन्न किसिमका समस्याहरू देखा पर्न सक्छन् । खोप लिए पछि मदिरा सेवन गरेमा खोपले शरीरमा गर्ने प्रभावमा समेत कमी आउने उनीहरूले बताएका छन् ।

मदिरा सेवन गरेपछि शरीरमा पानीको मात्रामा कमी आउँछ । यस्तो अवस्थामा खोपको साइड इफेक्ट देखिने सम्भावना बढ्दै जान्छ । कोरोना विरुद्धको खोप मात्र नभएर अन्य जुनसुकै रोग विरुद्धको खोप लिएपछि मदिरा सेवन गर्नु हुदैंन । यस्तो किसिमको खोप लिएको न्यूनतम दुई सातासम्म मदिरा सेवन गर्नै नहुने उनीहरूको भनाइ छ । खोप लगाएको दुई साता भन्दा बढी समयसम्म मदिरा सेवन र ध्रुमपान नगर्ने हो भने खोपको प्रभाव शरीरमा राम्ररी पर्न पाउँछ । शरीरमा एन्टि बडीको निर्माण भएमा रोग प्रतिरोधी क्षमताको विकास हुन पाउँछ ।

चिनी र इनर्जी ड्रिंक्स नखाने

कोरोना विरुद्धको खोप लिएपछि चिनी र चिनी जन्य पदार्थबाट तयार भएका खानेकुराहरू खानु हुदैंन । गुलियो पदार्थको सेवन गर्दा स्ट्रेस र एन्जाइटी बढ्न सक्छ । जसको कारण निन्द्रा नलाग्ने समस्या देखिन सक्छ । चिनीजन्य खानेकुरा र इनर्जी ड्रिंक्सको सेवनले शरीरमा सुगरको स्तरलाई बढाउने समेत गर्छ । सामान्य अवस्थामा त सेवन गर्न नहुने यी खानेकुराहरूलाई कोरोना विरुद्धको खोप लगाएपछि झनै सेवन गर्न हुदैंन । यस्ता कुराहरूको सेवनले खोपको प्रभावलाई समेत कम गर्न मद्दत गर्छ ।

प्रशोधित खानेकुरा नखाने

कोभिड विरुद्धको खोप लगाएपछि त्यसको प्रभाव शरीर भरी पार्न र शरीरमा एन्टि बडी तयार गर्न केही समय लाग्छ । यस्तो अवस्था खोप लगाएका व्यक्तिले पौष्टिकताले भरिएको खानेकुरा सेवन गर्दा अझ प्रभाव राम्रो देखिने अनुसन्धानले बताइसकेको छ ।

खोप लगाएपछि धेरैले प्रशोधन गरेर तयार पारेको खानेकुरा पनि खान सक्ने सम्भावना बढी रहेको छ । तर खोप लिएका व्यक्तिहरूले स्याचुरेटेड फ्याट र क्यालोरी दिने खानेकुराको सेवन गर्न चिकित्सकहरूले सुझाव दिएका छन् । स्याचुरेटेड फ्याटजन्य खानेकुरामा दूधजन्य खानेकुरा, पशुहरूको बोसो, नरिवलको तेल आदी पर्ने गर्छन् । यस्ता किसिमको चिल्लोमा बनाएको खानेकुराहरू यो अवस्थामा खाने गर्नुपर्छ । यस्तो अवस्थामा प्रशोधन नगरिएका ताजा किसिमका खानेकुरा खानु अझ राम्रो मानिन्छ । यस्ता किसिमका खानेकुरामा फाइबर र शक्तिको मात्रा शरीरलाई सन्तुलन गर्ने किसिमको हुन्छ ।

– कोरोनाबिरुद्धको खोप लगाएपछि प्याकेटमा आएका खानेकुराहरूको सेवन गर्नु हुदैंन ।

– खोप लगाएपछि फास्ट फुड, जङ्क फुडको सेवन नगर्नु नै राम्रो मानिन्छ ।

यदि तपाईँले भरखरै दोस्रो चरणको कोभिड विरुद्धको खोप दिनु भएको छ र तपाई पहिलो चरणकै खोप दिने प्रतीक्षामा रहेको हुनु हुन्छ भने खोप लगाउनु भन्दा अगाडी र खोप लगाएपछि यस्ता किसिमका खानेकुराहरूको सेवन नगर्नु नै राम्रो । अझ सकिन्छ भने यस्ता किसिमका खानेकुरा अरू सामान्य अवस्थामा पनि सेवन नगर्ने बानी बसाल्नु झनै राम्रो हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?