कोरोना संक्रमणबाट ओखलढुङ्गामा पहिलोपटक मृत्यु

लोकपथ
105
Shares

काठमाडौं । कोरोना सङ्क्रमणबाट ओखलढुङ्गामा एक महिलाको मृत्यु भएको छ । सिद्धिचरण नगरपालिका-११ की ५८ वर्षीया एक महिलाको मृत्यु भएको हो । जिल्लामा कोरोनाबाट ज्यान गुमाउने उनी पहिलो व्यक्ति हुन् ।

यही जेठ ७ गते कोरोना पुष्टि भएपछि ओखलढुङ्गा सामुदायिक अस्पतालमा उपचाररत महिलाको आज निधन भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सुमन तिवारीले जानकारी दिए ।

जिल्लाबाट बाहिर गएर बसेकाको यसअघि पनि कोरोना सङ्क्रमणबाट मृत्यु भएको भए पनि जिल्लामा रहेका सङ्क्रमितको यसअघि मृत्यु भएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?