काठमाडौं । इटालीमा केबलकार दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । उत्तरी इटालीमा पर्यटकहरु चढेको केबलकार दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको इटालीयन सञ्चार माध्यमहरुले जनाएका छन् ।
‘दी स्ट्रेसा मोट्यारन फिउनीकुलर’को यात्रा मोट्यारन पर्वतको चुचुरोसम्म हुने गर्दछ । चुचुरोसम्म पुग्न केबलकारमा करीव २० मिनेट लाग्छ।

दुर्घटना भत्केको केबलले भएको हुन सक्ने अनुमान गरिएको छ । एक प्रतक्ष्यदर्शीका अनुसार केबल कार भुइँमा दुर्घटना पछि दुई वा तीन पटक पल्टेको थियो । पल्टिने क्रममा केहीयात्रुहरु बाहिर निस्केका थिए भने केही केबलकार भित्रै थिए ।
यद्यपी केबलकारके कारणले खस्यो भन्ने बारेमा अनुसन्धान भइरहेको बताइएको छ ।
इटालीयन प्रधानमन्त्री मारियो ड्रघीले घटनाबारे छानवीन गर्न निर्देशन दिएका छन् । उनले मृतकहरु प्रति समबेदना प्रकट गरेका छन् ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया