बागमती प्रदेशसभाको बैठक आह्वान

RSS
63
Shares

काठमाडौं । बागमती प्रदेशको प्रदेश सभाको अधिवेशन आह्वान गरिएको छ ।

आज प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले नेपालको संविधानको धारा १८३ को उपधारा १ अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सिफारिसमा बागमती प्रदेशसभाको आठौं अधिवेशन यही जेठ १६ गते दिउँसो ३ बजेका लागि आह्वान गरेका छन् ।

मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशसभामा नीति, कार्यक्रम तथा आर्थिक प्रक्षेपणका विषयमा छलफल गर्ने क्रममा बैठक डाक्न सिफारिस गरेअनुसार आजै प्रदेश प्रमुख प्रसाईले बैठक आह्वान गरेको बागमती प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले जानकारी दिए।

प्रदेशसभाको सातौं अधिवेशन बैठक गत वैशाख ९ गते अन्त्य गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?