प्रधानमन्त्री ओलीको प्रश्न- कू भनेको के हो थाहा छ ?

लोकपथ
364
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रकाविरुद्धमा हुदै आएका अनुचित कुराहरुको विपक्षमा नागरिक समाज पनि बोल्न नसकेको भन्दै नागरिक समाज र वुद्धिजीवीको भूमिका माथि प्रश्न गरेका छन् ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नागरिक समाज र वुद्धिजीवीको भूमिका माथि प्रश्न गरेका हुन् ।

केही व्यक्तिहरुले आफुले भनेजस्तो नहुँदा संविधान विपरित देख्ने गरेको भन्दै उनले कू भनेको के हो थाहा छ भनी प्रश्न गरे ।

उनले भने “आफुले भने जस्तो भएन भने कू भयो भन्ने । के बर्मा जस्तै भएको हो नेपालमा । कू के लाई भनिन्छ ? संविधानको पालना, लोकतान्त्रिक अभ्यास गर्दा कू हुन्छ ? ”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?