थप ७ हजार ६ सय ६४ जना कोरोना संक्रमण मुक्त

लोकपथ
147
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ६ सय ६४ जना कोरोना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार थप ७ हजार ६ सय ६४ जना कोरोना संक्रमण मुक्त भएका हुन् ।

नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप ७ हजार ९ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर १८ हजार ९ सय ६५ जनाको पीसीआर र ९ सय ३१ जनाको एन्टिजेन परीक्षणमा सो परिमाणमा संक्रमण पुष्टि भएको हो । जसमध्ये ७ हजार ५ सय ९८ जनाको पीसीआर पोजेटिभ र ३ सय १६ जनाको एन्टीजेन पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप १९३ जनाले कोरोना संक्रमणको कारण ज्यान गएको छ । हाल देशभर १ लाख १५ हजार ५ सय ४७ जना सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?