देउवाले वैकल्पिक सरकार बन्न नदिन फर्जि हस्ताक्षर बुझाए : प्रधानमन्त्री ओली

लोकपथ
161
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैकल्पिक सरकार बन्न नदिने प्रयासमा फर्जि हस्ताक्षर लिएर, दुषित अभ्यास गरि, दुषित कागज राष्ट्रपतिकार्यालयमा बुझाएको टिप्पणी गरेका छन् ।

आफुले मैले दाबी गरेका ठाउँबाट पनि केही मान्छेको हस्ताक्षर सभापति देउवाले पनि लिएर गएपछि राष्ट्रपतिले आफ्नो दाबी प्रतिपनि विश्वास नगरेको उनले बताए । उनीहरुले कन्फ्युजन श्रृजना गरेकाले आफ्नो दाबी लाई राष्ट्रपतिले विश्वास गर्न नसकेको उनको तर्क थियो ।

उनले लोकतान्त्रिक व्यवस्थामा दलिय अनुसासन हुनुपर्ने भन्दै दलिय अनुशासन भन्दा बाहिर जाने छुट कसैलाई नभएको उल्लेख गरे । लोकतन्त्र अनुशासित , मर्यादित र सामुहिक व्यवस्था भएको भन्दै उनले वुद्धि र प्रतिष्ठाको मिसयुज गरेर बुद्धिजीवीहरुले पुर्वाग्रहका साथ संविधानको अपव्याख्या गरि संविधान माथिको निष्ठामा आँच पुराउने काम गरेको टिप्पणी गरे ।

उनले भने “दलिय अनुशासन तोडेर व्यक्तिगत नाच नाच्ने व्यवस्था होइन दलिय व्यवस्था । पर्सनल डान्सको कुनै अर्थ छैन ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?