काठमाडौं । काठमाडौंमा झगडामा कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ ।
मादक पदार्थ सेवन गरी भएको झगडामा कुटपिट हुँदा कीर्तिपुर नगरपालिका-६ छाप बस्ने ४० वर्षीय मान बहादुर घिसिङको शनिवार राति मृत्यु भएको छ ।
मादक पदार्थ सेवन गरी घिसिङ र सोही ठाउँ बस्ने मकवानपुर बकाया गाउँपालिका-१ घर भएका २५ वर्षीय बगत बहादुर बल बगतबीच झगडा हुँदा बगतले काठको चिरपटले प्रहार गर्दा घिसिङ र उनकै श्रीमती २७ वर्षीया माया घिसिङ घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि कीर्तिपुर मोडेल अस्पतालतर्फ लैजाने क्रममा घिसिङको बाटोमै मृत्यु भएको हो ।
घाइते मायाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
झगडामा संलग्न बगत समेत ५ जनालाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया