पेस्तोलसहित तीन जना पक्राउ

लोकपथ
126
Shares

काठमाडौं । सिरहामा कटुवा पेस्तोलसहित तीन जना पक्राउ परेका छन् ।

लहान नगरपालिका-१ मटियर्वा लवटोली बस्ने २५ वर्षीय करण पूर्वे लगायत ३ जनालाई १ थान कटुवा पेस्तोल र सोही पेस्तोलको १ थान गोली सहित शनिवार राति प्रहरीले पक्राउ गरेको छ ।

सोही नगरपालिका-१ कृष्णटोल बस्ने ईन्द्रदेव ठाकुरको घरबाट गत वैशाख २८ गते नगद ६ लाख रुपैयाँ, २ तोला सुन र करिब २० तोला चाँदी चोरी गरी फरार रहेको घटनामा समेत संलग्न रही फरार रहेका उनीहरुको खोजी गर्न ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले तीनै जनाको घर तलासी गर्दा पुर्वेको घरमा लुकाई राखेको उक्त हतियारसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?