काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टीभित्रको कारबाही, प्रतिरोध र बदलाको भावनाले कसैलाई सही गन्तव्यमा नपुर्याउने बताएका छन् ।
पार्टी विवाद चरमोत्कर्षमा पुगेका बेला आइतवार प्रतिक्रिया दिँदै पूर्वमन्त्री समेत रहेका भट्टराईले अझै संवाद गरेर अघि बढ्न आग्रह गरेका छन् ।
पौराणिक कालदेखि आजसम्म पनि उक्त कदमलाई कसैलाई पनि फाइदा नगरेको बताउँदै नेता भट्टराई हतारमा निर्णय नगरी धैर्यता कायम गर्न समेत आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्- ‘कार्बाही, प्रतिशोध र बदलाको राजनीतिले आजसम्म कसैलाई सहि गन्तब्यमा पुर्याएको छैन् र पुर्याउँदैन् पनि । पौराणीक होस् वा आधुनिक बेलाका युद्धको शिक्षा यहि हो । सबैले आफ्नो बिगतलाई हेरौ। धैर्य गरौ, संवाद गरौ ।’
केहि समयदेखि उत्कर्षमा पुगेको एमाले विवाद राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गरेसँगै झन चुलिएको छ । यसैबीच नेता भट्टराईसहित अन्य केहि नेताहरु भने आफूलाई तटस्थ राख्दै अझै पार्टी एकताको पक्षमा देखिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया