प्रतिनिधिसभा पुर्नस्थापना गर्न सर्वोच्च अदालत बारको माग

लोकपथ
168
Shares

काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनले विघटित प्रतिनिधिसभाको पुर्नस्थापना गरी संविधानलाई यथास्थितिमा ल्याउन माग गरेको छ ।

शनिबार एक विज्ञप्ति जारी गरी बार एशोसिएसनले संविधानको धारा ७६ को उपधारा ५ अनुसारको संसदीय प्रक्रिया नै पुरा नगरी राष्ट्रपतिबाट प्रतिनिधि सभा विघटन गरिएको भन्दै पुर्नस्थापित गरी संविधानलाई यथास्थितिमा ल्याउन माग गरेको हो ।

प्रतिनिधिसभा विघटनलाई बारले राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा भएको संविधानमाथिको कपटपूर्ण, जालसाजी र धोकाको संज्ञा दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?