नेपालीभूमिमा भारतीय बस्ती

मोरङ, २१ असोज- मोरङको जहदा गाउँपालिकामा नेपाली भूमि मिचेर भारतीयले बस्ती बसाएका छन् । जहदा-७ तारेगामास्थित नेपाल-भारत सीमास्तम्भ (जंगेपिलर) पीपी १७४÷पीपी ६२ नम्बरसँगै टाँसेर घर बनाएका छन् ।सीमाक्षेत्रमा भेटिएका स्थानीय सञ्जयकुमार साहका अनुसार जनवरीमा नेपाल-भारत संयुक्त टोलीले सीमाक्षेत्रको नापी गरेको थियो । त्यसबेला सीमास्तम्भभन्दा उत्तरतर्फ नेपालीका केही घर हटाइएको भए पनि भारतीय बस्ती भने जस्ताको तस्तै छन्, अन्नपूर्ण पोस्टमा खबर छ ।विराटनगरको रानी भन्सारबाट १७ किलोमिटर दूरीमा पर्छ-तारेगामको उक्त बस्ती । त्यहाँसम्म पुग्न केही कालोपत्रे सडक भए पनि धरैजसो भाग भने कच्ची ग्राभेल पर्छ । दसजगा क्षेत्रसँग जोडिएको चियाखाजा पसलका सञ्चालक नेपाली नागरिक फूलमान साहले भने, ‘यहाँ बडा रामराज्य छ । हामी वारिपारिका मिलेर बस्छौं । कोही सुरक्षाकर्मीको जरुरी नै छैन । को नेपाली र को भारतीय भन्ने भेदभाव हामीबीच छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?