काठमाडौं । झापामा धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा श्रीमान पक्राउ परेका छन् ।
आफ्नै श्रीमती ३६ वर्षीया झड्कन राजबंशीलाई धारिलो हतियार दाउ प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा भद्रपुर नगरपालिका-९ प्वाँतुबारी बस्ने ४१ वर्षीय देव कुमार राजबंशीलाई शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको छ ।
राजबंशीले घरायसी विवादमा आफ्नै श्रीमती झड्कनलाई दाउ प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी घोडामारा र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते झड्कनलाई उपचारको लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुर पठाइएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया