बैंकर पुष्पाको मोडलिङ रहर

पुष्पा रायमाझी पेसाले बैंकर हुन् । तर उनको सोख भने मोडलिङको क्षेत्रमा रहेको छ । बिबिएस अध्ययन गरिरहेकी पुष्पा अहिले साङ्ग्रिला डेभलपमेन्ट बैङ्कमा कार्यरत छिन् ।

नृत्यको सौखिन पुष्पालाई नेपाली नृत्य जस्तो सुकै पनि नाच्न सक्छु भन्ने आत्मविश्वास छ । उनले गायक सत्यराज आचार्यले गाएको भरोसाको दियो बोलको गीतको म्युजिक भिडियोमा अभिनय समेत गरेकी छन् । उक्त म्युजिक भिडियोमा सत्यराज, स्वरूप पुरुष ढकालले अभिनय गरेका थिए । र्‍याम मोडलिङमा समेत उनकाे रुचि रहेकाे छ।

गत वर्ष कोभिड भएपछि उनले आफ्नो शरीरलाई विशेष ध्यान दिन थालेकी हुन् । हाल उनी इन्टरमिडियट फास्टिङ गरिरहेकी छिन् । नियमित सिलाजितको सेवन गर्छिन् । यो मैले शरीरलाई ब्यालेन्समा राख्न भन्दा पनि हेल्दी खानेकुरा खाने बानी बसोस् भनेर गर्न थालेको हुँ । यसले शरीरलाई त पक्कै फाइदा गर्छ नै साथै समय तालिका अनुसार स्वास्थबर्धक खानेकुरा खान पनि पाइन्छ ।

उनी बिहान मेडिटेसन गर्छिन् भने युट्युबर क्लोटिङलाई फलो गरेर उनले सिकाएका एक्सरसाइज गर्छिन् ।

गोरखा मूल घर भएकी पुष्पा जेठी हुन् । उनको दुई बहिनी र एक भाइ साथै छन् । उनी अहिले बाबा, ममीसँग काठमाडौँमै बस्दै आएकी छिन् ।

तस्विरहरूः महेश प्रधान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?