भारतमा मृत्यु भएका धनगढीका एक संक्रमितको शव ल्याइयो

लोकपथ
91
Shares

धनगढी। भारतमा कोरोना संक्रमणबाट मृत्यु भएका सुदूरपश्चिमका एक जनाको शव ल्याइएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ६ का ५० वर्षीय पुरुषको शव शनिवार गौरीफन्टा सीमानाका हुँदै ल्याइएको हो।

उनमा कोरोना संक्रमण पुस्टि भएपछि २ हप्ता अगाडि भारतको हिमाञ्चल प्रदेशस्थित फोर्टिज हस्पिटल मोहालीमा भर्ना भएका थिए। उनको शुक्रवार बिहान उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

आफन्तले शव ल्याउन भनेपछि सोही अस्पतालको शववाहनमार्फत शव ल्याएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए। ती पुरुषको शव नेपाली सेनाले गोदावरी घाटमा व्यवस्थापन गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?