कोरोनाविरुद्ध लड्न चीनले बंगलादेशलाई सहयोग गर्ने

लोकपथ
133
Shares
काठमाडौं । चीनले कोभिड-१९ का विरुद्धमा लड्नका लागि दक्षिण एसियाली छिमेकी राष्ट्र बंगलादेशलाई सहयोग गर्ने जनाएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले सो कुरा बताएका हुन् ।
उनले कोभिडकाविरुद्धमा लड्नका लागि चीनले बंगलादेशलाई सहगोग गर्न तयार छ र आगामी दिनमा यस महामारीकाविरुद्धमा लड्नका लागि अवाश्यक सहयोग गर्ने छ भनेका छन् ।
चिनियाँ विदेशमन्त्री वाङ यीले शनिवार बंगलादेशका विदेशमन्त्रीसँगको फोनवार्ताका क्रममा सो प्रतिबद्धता व्यक्त गरेका बताइएको छ । शनिवार बिहान चिनियाँ विदेशमन्त्री वाङ यी र बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमिनसँग फोनवार्ता गरेका थिए ।
त्यस वार्ताका क्रममा चिनियाँ विदेश मन्त्री यीले चीन र बंगलादेश दुई असल मित्र राष्ट्र भएकोले विगत लामो समयदेखि नै एक अर्काको सहयोगमा निरन्तरता दिइ आएको पनि बताए ।
उनले चीन बंगलादेशको स्वतन्त्रता, राष्ट्रियता, क्षेत्रीय अखण्डताकाका पक्षमा रहेको र आगामी दिनमा पनि रहने पनि सो फोनवार्ताका क्रममा दोहोराएका समाचारमा जनाइएको छ ।
विदेश मन्त्री यीले हाल विश्वमा फैलिएको कोरोना भाइरस मानवीयताविरुद्धको सत्रु नै रहेकोले विश्वका कतिपय देशलाई यस भाइरसकाविरुद्धमा लड्नका लागि चीनले सहयोग गरिरहेको र बंगलादेशलाई पनि  आगामी दिनमा कोभिडका विरुद्धमा लड्न सहयोग गर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?