काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोईरालाले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानलाई समाप्त पारेको बताएका छन् ।
शनिबार बिहान ट्वीट गर्दै नेता कोईरालाले आफ्नो पदको गरिमा र मर्यादा कुल्चेर संविधानको संरक्षक राष्ट्रपतिले मध्यरातमा फेरि पनि संविधान च्यात्ने काम गरेको र संविधानलाई समाप्त पारीएको बताएका हुन् । उनले राष्ट्रपतिको गैरसंवैधानिक र गैरराजनीतिक कदमले देशलाई कहालिलाग्दो द्वन्द्वमा लगेको पनि बताए । नेता कोईरालाले भने, ‘आफ्नो पदको गरिमा र मर्यादा कुल्चेर संविधानको संरक्षक राष्ट्रपतिबाट मध्यरातमा फेरि पनि संविधान च्यात्ने काम भयो । राष्ट्रपतिको गैरसंवैधानिक र गैरराजनीतिक कदमले देशलाई कहालिलाग्दो द्वन्द्वमा लगेको छ । संविधानलाई समाप्त गर्ने काम भएको छ ।’
उनले राष्ट्रपति भण्डारीको यो कदम क्षम्य हुन नसक्ने पनि बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया