काठमाडौं । नेकपा(माओवादी केन्द्र) का नेता वर्षमान पुनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरातमा डकैती गरेको बताएका छन् ।
उनले शनिबार मध्यरातमा ट्वीट गर्दै नेता पुनले कार्तिक २६ र मंसिर ३ गते मध्यावधि गर्ने घोषपणालाई डकैतिको संज्ञा दिएका हुन् । राजा ज्ञानेन्द्र शाहले पनि शुक्रबार र मध्यरात नै रोज्ने गरेको उनले टिप्पणी गरेका छन् । ‘मध्यरातमा डकैती गरियो ।’ उनले लेखेका छन्, ‘ज्ञानेन्द्र शाहले पनि शुक्रबार र मध्यरात नै रोज्ने गर्थे ।’
नेता पुनले अर्को ट्वीट गर्दै नेपालीले आफ्नो संविधान बनाएको मन नपराउने शक्तिको डिजाइनमा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारी गोटी बनेको आरोप पनि लगाए । चुनावको घोषणा गरेर संविधान च्यातिएको, लोकतन्त्रमाथि प्रहार भएको तथा जनभावनालाई कुल्चिने काम भएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया