काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेपाली कांग्रेसले प्रधानमन्त्रीको दाबी गर्नु लज्जास्पद घटना भएको बताएका छन् ।
शुक्रबार राति सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मुख्यमन्त्री पोखरेलले नेपाली कांग्रेसले असंसदीय तरिकाले सांसदहरुको व्यक्तिगत समर्थन छ भनि राष्ट्रपतिकोमा दाबी पेश गरेको भन्दै उक्त दाबीलाई लज्जास्पद घटनाको संज्ञा दिएका हुन् ।
संविधानको धारा ७६ (३) अन्तरगतको सरकारमा जनता समाजवादी पार्टी तटस्थ रहने र धारा ७६(५) अन्तरगतको सरकारमा सहभागि हुने भएपछि प्रधानमन्त्रीले विश्वासको मत लिने कोसिस नगरी मार्ग प्रशस्त गरेको उल्लेख गर्दै उनले प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीको संस्थागत समर्थन पाएपछि सरकारको दाबी गरिएको बताए ।
प्रधानमन्त्री ओलीले पुनः सरकारको दाबी गरेको कुरालाई विवादास्पद विषयको रुपमा चित्रण गर्नु संवैधानिक र कानुनी दृष्टिकोणबाट उचित नभएको उनको भनाई छ । मुख्यमन्त्री पोखरेलले माधव नेपाल पक्षले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्नु कानुनी र राजनीतिक हिसाबले गम्भिर घटना भएको पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया