काठमाडौं । नेकपा(माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले राष्ट्रप्रतिले तुरुन्त शेरबहादुर देउवालाई नियुक्त गर्नुपर्ने बताएका छन् ।
शुक्रबार राति ट्वीट गर्दै नेता श्रेष्ठले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग १४९ जना बहुमत प्रतिनिधिसभा सदस्यहरुको हस्ताक्षरका साथ समर्थन रहेको भन्दै राष्ट्रपति भण्डारीले संवैधानिक रुपमा तुरुन्त शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुको विकल्प नरहेको बताएका हुन् । उनले भनेका छन्, ‘बहुमत प्रतिनिधिसभा सदस्यहरु (१४९) को हस्ताक्षरको समर्थनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको निम्ति राष्ट्रपति समक्ष दाबि प्रस्तुत गरिएको छ ।राष्ट्रपतिले संवैधानिक रुपमा तुरुन्त शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्नु आवश्यक छ, अर्को बिकल्प छैन ।’
राष्ट्रपतिद्वारा आज अपरान्ह ५ बजेसम्मको समय दिई संविधानको धारा ७६(५) अनुसार सरकार बनाउन दावी गर्ने आव्हान संवैधानिक रुपमा त्रुटीपूर्ण र राजनीतिक रुपमा दुराशयपुर्ण रहेको पनि उनको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया