पार्टी एकता जोगाउन जसपा नेताहरुलाई बाबुराम भट्टराईको आग्रह

लोकपथ
231
Shares

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी एकता जोगाउन नेताहरुलाई आग्रह गरेका छन् ।

शुक्रबार राति ट्वीट गर्दै अध्यक्ष भट्टराईले जेठ ८ र ९ गते बोलाइएको बैठकमा सहभागी भएर पार्टी एकतालाई जोगाउन आग्रह गरेका हुन् । उनले संघीयता सुन्नै नचाहाने प्रधानमन्त्री केपी शर्मा ओलीले संकटमा परेपछि मधेसबारे गोहीको आँशु झारेको भन्दै भ्रममा नपर्न पनि आग्रह गरेका छन् ।

’बुढो बाघले सुनको बाला देखाएर भनेछ – जीवनभरको पाप कटनी गर्न बाला दान गर्छु । लोभी वटुवा नजिक गएछ । बाघले एकै गाँस पारेछ । त्यस्तै संघीयता सुन्नै नचाहने ओलीले ऐले संकटमा परेपछि मधेसबारे गोहीको आँशु झार्दैछन् ।’ उनले लेखेका छन्, ‘भ्रममा नपरौं । जेठ ८–९ को बैठकमा सहभागी भएर पार्टी एकता जोगाऊँ ।’

जसपा दुई ध्रुवमा बाँडिएर विभाजनको संघारमा पुगेको छ । बाबुराम भट्टराई उपेन्द्र यादव पक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका छन् भने महन्थ ठाकुर राजेन्द्र महतो पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?