जुनसुकै पोशाकमा पनि शपथ लिन पाईने

लोकपथ
441
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ सम्बन्धी अध्यादेश जारी गरेकी छिन् ।

राष्ट्रपति भण्डारीबाट जारी भएको शपथ सम्बन्धी अध्यादेशमा जुनसुकै पोशाकमा पनि शपथ लिन सकिने व्यवस्था रहेको छ ।

अध्यादेशमा सपथ लिदाँ आफ्नो संस्कृति, परम्परा अथवा पहिचान झल्किने मर्यादित भेषभूषा वा पोशाक लगाउन सकिने व्यवस्था गरिएको छ ।

साथै शपथको व्यहोरामा भएको ‘प्रतिज्ञा गर्दछु’ भन्ने वाक्यांश पनि हटाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?