आगलागी हुँदा ८ कामदार बेहोस

 नयाँ दिल्ली, भारत, २० असोज – उत्तर भारतको एक अगरवत्ती कारखानामा शुक्रबार आगलागी हुँदा कारखानामा काम गर्ने आठ कामदार वेहोस भएपछि उपचारका लागि अस्पतालमा भर्ना गरिएको भारतीय प्रहरीले जनाएको छ ।भारतीय शहर चण्डीगढमा रहेको उक्त कारखानामा १० जना कामदारले काम गरिरहेका वेला एक्कासी आगलागी भएको थियो । आगलागीपछि अगरबत्तीबाट निस्केको धुँवाका कारण श्वासप्रश्वासमा समस्या भई उनीहरू बेहोस भएका थिए ।तर एक प्रत्यक्षदर्शीले आगलागीका कारण कैयौँ मानिस बेहोस भएका बताए ।घटनामा मानवीय क्षति भने नभएको जनाइएको छ । घटनापछि तुरुन्तै वारुणयन्त्र पुगेकोले मानवीय क्षति नभएको तर आठ जना गम्भीर रुपमा विरामी भएका थिए ।आगलागीको कारण थाहा भइनसकेको तर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?