राष्ट्रपतिप्रति गगनको आक्रोश : ‘महामहिमलाई सुधारिने अन्तिम मौका छ, नत्र…’

लोकपथ
371
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सुधारिने अन्तिम मौका भएको बताएका छन् ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको जालझेलमा संलग्न भएको दागै दाग रहेको र अहिले ओलीको बचाउमा नलागी संविधानसंगत रुपले काम गर्न आग्रह गर्दै त्यस्तो बताएका हुन् ।

सांसद थापाले भने- ‘यो प्रस्ट हुँदाहुँदै आज प्रमले बहुमतको समर्थन छ भन्दै दाबी गर्नु असङ्गत मात्र होइन अवैधानिक र अनैतिक छ।राष्ट्रपतिज्यू,तपाईंमा ओलीको जालझेल र अपराधमा साथ दिँदा लागेको दागै दाग छ। महामहिमलाई परिस्थितिले अन्तिम पटक सुध्रिने मौका दिएको छ!! नभए भिर बाट खस्ने लाई राम राम…’

प्रधानमन्त्री ओलीले आफूसँग बहुमत छैन भनेर मार्ग प्रशस्त गरेको र पुनः बहुमतसहित प्रधानमन्त्रीको दाबीका लागि गएको भन्दै सांसद थापाले त्यसलाई जालीको संज्ञा दिए ।

आज प्रधानमन्त्री ओलीले १५३ जनाको भएको दाबी राष्ट्रपति कार्यालयमा प्रस्तुत गरेको र बिहीवार बहुमत नपुग्ने घोषणा गरेर मार्ग प्रशस्त गर्न लागेको प्रति आपत्ति जनाउँदै आपत्ति जनाएका छन् ।

उनले अघि भनेका छन्- ‘१५३ जनाको समर्थन भएको भए सरकारले ७६९३०को विश्वासको मत लिने वैधानिक बाटो किन छोडेकोरुप्रमले नैुम विश्वासको मत लिन सक्दिन र पहिलाभन्दा तात्त्विक फरक छैन भनेर ७६९५०को सरकार गठनको ढोका खोल्ने,राष्ट्रपतिलेुविश्वासको मत प्राप्त गर्ने आधार नदेखिएकोुभन्दै आव्हान गर्ने।अब फेरी जालझेल !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?