काठमाडौं । नेकपा एमालेले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २६ जना सांसदलाई दलको साधारण सदस्य पनि नरहने गरी कारवाही गर्ने सूचना राष्ट्रपति कार्यालय पठाएको छ ।
दलीय अनुशासन उल्लंघन गरेकाले २६ जना सांसदलाई दलको साधारण सदस्य पनि नरहने गरी कारवाही गर्ने सूचना राष्ट्रपति कार्यालय पठाएको स्रोतले जानकारी दिएको छ ।
उनीहरुले प्रधानमन्त्रीका लागि शेरबहादुर देउवालाई पक्षमा गरेको हस्ताक्षरलाई मान्यता नदिन माग गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया