काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्रैबाट मिरजाफर र मिरकासिमहरु श्रृजना गर्ने काम भएको बताएका छन् । उनले आफुलाई प्रतिनिधिसभामा विश्वासको मत प्राप्त नभएको त्यस्तो स्थिति पैदा गर्नका लागि आफ्नै पार्टीभित्रबाट घिनलाग्दो राजनीतिको चक्रव्युह रच्ने काम भएको दाबी गरे । संसदलाई काम गर्न, प्रभावकारी हुन पनि नदिने र सरकारलाई काम गर्न पनि नदिने काम नेताहरुबाट भएको गुनासो उनले गरे ।
उनले भने “राष्ट्रिय राजनीतिमा यस्तो फाहोरी घिनलाग्दो चक्रव्युह भयो । महाभारतकालिन चक्रव्युहमा युद्धका नीति नियम तोडेर, मर्यादाहरु तोडेर घेराबन्दी गरेर अभिमन्युको हत्या भएको थियो । यसपटक विश्वासको मत नपुगोस् भन्नका लागि दलभित्रैबाट समेत ,२७ जना मान्छे गुटगत हिसाबले अनुशासनहिन ढंगले, लोकतान्त्रिक मुल्य मान्यता विपरित अनुपस्थित हुने र सरकार ढाल्ने खेलमा दलभित्रैबाट विपक्षीसंग मिलेर सरकार ढाल्ने प्रयासलाई लोकतन्त्रमा के भनिन्छ? के यस्ता प्रयासहरु लोकतान्त्रिक मुल्य मान्यताका, नैतिक हुनसक्छन् ? ”
उनले वरिष्ठ नेता माधव नेपाललाई इंकित गर्दै पार्टी भित्रै अन्तरध्वंम्स मच्चाएर मिरजाफर र मिरकासिमको भूमिकामा देखा परेको दाबी गरे ।
उनले भने “अन्तरध्वम्स मच्चाउने देखि लिएर भित्रैबाट मिरजाफर र मिरकासिमहरु श्रृजना गरिए । मिरजाफर र मिरकासिमहरु सक्रिय भएर इतिहासमै कलंकित हुने खालका आपराधिक क्रियाकलापहरु भए सरकार ढाल्ने प्रयोजनका लागि । विश्वास प्राप्त नहोस् भन्नका लागि । ”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया