रुसमा संक्रमितको संख्या ५० लाख पुग्यो

लोकपथ
49
Shares

काठमाडौं । रुसमा कोरोना भाइरसका करिब ५० लाख जना संक्रमित पुगेको बताइएको छ । स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीकनुसार बिहीवारसम्ममा ४९ लाख ७५ हजार जना कोरोना भाइरसका संक्रमित पुगेका बताइएको छ ।

रुसमा गएको २४ घन्टामा ९ हजार २३२ जना संक्रमित पुगेका बताइएको । गएको २४ घन्टामा देखिएको यो संख्या पछिल्ला केही हप्तायताकै सबैभन्दा धेरै हो । गएको २४ घन्टायता ३९६ जना संक्रमितको ज्यान गएको बताइएको छ । पछिल्ला केही हप्ता कोभिड-१९ का संक्रमितहरुको संख्या निरन्तर बढ्दो देखिएको छ ।

रुसमा सबैभन्दा बढी मस्को सहरमा संक्रमित भएका छन् । यो क्षेत्रमा शुरुदेखि नै कोरोनाका संक्रमितहरु बढेका हुन् । रुसले नै उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोप पनि दिइएको छ । तर खोप दिइ नै रहेको भए पनि संक्रमितहरु पनि बढिरहेका छन् ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?