१० मङ्सिर २०७९, शनिवार

निर्वाचनलाई प्रभावित पार्ने गतिविधि नगर्न आयोगको आग्रह

२०७४,आश्विन,२०,शुक्रवार १५:४९

0
Shares

 काठमाडौँ, २० असोज -निर्वाचन आयोगको आज बसेको बैठकले आगामी मंसिर १० र २१ गते हुने निर्वाचनलाई प्रत्यक्ष वा अप्रत्यक्षरूपमा प्रभावित वा असर गर्नेगरी कुनै पनि गतिविधि, क्रियाकलाप सञ्चालन नगर्न÷नगराउन नेपाल सरकार, राजनीतिक दल र सरोकार भएका सबैमा आग्रह गरेको छ ।आयोगले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नियुक्ति, समानुपातिक निर्वाचन प्रणालीबमोजिम निर्वाचन प्रक्रियाको थालनी, मतपत्र छपाइलगायतका अत्यावश्यक कार्य प्रक्रिया चरणबद्धरूपमा अगाडि बढिरहेको जनाएको छ ।त्यसैगरी, मतदाता शिक्षा, कर्मचारीको छनोट, निर्देशिका, कार्यविधिको तर्जुमा लगायतका तमाम कार्य सँगसँगै अगाडि बढिरहेको आयोगका प्रवक्ता नवराज ढकालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।विज्ञप्तिमा पूर्णरूपमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी, भयरहित, स्वतन्त्र, विश्वसनीय र धाँधलीरहित ढंगले सम्पन्न गर्न अहोरात्र आयोग खटिरहेको जनाउँदै निर्वाचन कार्यमा सघाउ पु¥याउन संबद्ध सबै सरोकार भएका, आम सर्वसाधारण र सञ्चार माध्यमसँग सहयोगका लागि आग्रह पनि गरिएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२०,शुक्रवार १५:४९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन सकिएको सात दिन पूरा हुँदा पनि प्रत्यक्षतर्फको मतपरिणामसँगै समानुपातिकतर्फको पनि मतगणना जारी छ । प्रतिनिधिसभाको

काठमाडौं । इलाम क्षेत्र नम्बर २ बाट नेकपा (एमाले)का सुवास चन्द्र नेम्वाङ्ग निर्वाचित भएका छन् । उनले ३० हजार २०

काठमाडौं । मोरङ निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका डिगबहादुर लिम्वु निर्वाचित भएका छन् । निर्वाचन कार्यालयका अनुसार लिम्बुले

काठमाडौं । प्रतिनिधि सभा सदस्यमा धनुषा क्षेत्र नम्बर १ बाट जनता समाजवादी पार्टीका दीपक कार्की निर्वाचित भएका छन् । कार्कीले

ताजा समाचार

इलाम–२ मा एमालेका नेम्वाङ्ग निर्वाचित
 २०७९,मङ्सिर,१०,शनिवार २३:१९
मोरङ–१ मा कांग्रेसका लिम्बु विजयी
 २०७९,मङ्सिर,१०,शनिवार २२:२९
धनुषा–१ बाट जसपाका कार्की निर्वाचित
 २०७९,मङ्सिर,१०,शनिवार २२:१४
इलाम केन्द्रविन्दू भएर भूकम्प
 २०७९,मङ्सिर,१०,शनिवार २०:५७
इलाम–२ मा रोकियो मतगणना
 २०७९,मङ्सिर,१०,शनिवार २०:४२
सुनसरी–२ (२) मा एमालेका मेहता विजयी
 २०७९,मङ्सिर,१०,शनिवार १९:२८