काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको विरोध गरेर गणतन्त्रलाई कमजोर बनाउने प्रयास भएको बताएका छन् ।
बालुवाटारमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले राष्ट्रपति गणतन्त्रको प्रतीक भएको उल्लेख गर्दै राष्ट्रपति संस्थाको मर्यादा घटाउने काम भएको बताए । उनले आफूले गरेका सिफारिसमा आफू जवाफदेही भएको बताउँदै त्यसमा राष्ट्रपतिलाई अनावश्यक रुपमा विवादमा नमुछ्न आग्रह गरेका छन् ।
उनले भने, ‘मैले गरेको सिफारिसप्रति म जवाफदेही छु । अहिले पनि म जवाफदेही छु । राष्ट्रपतिलाई दोष किन ?’ त्यस्तै आफू अनुकुलका सिफारिस नभएकैले राष्ट्रपति संस्थाको मर्यादा नराखिएको उनको भनाइ थियो । ‘राष्ट्रपतिको हुर्मत लिने काम, राष्ट्रपति अपमान गर्ने काम राष्ट्रपति संस्थाको मर्यादा घटाउने काम भयो’, उनले भने ।
उनले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले निर्णय गर्ने भएकाले राष्ट्रपतिका काम, कर्तव्य र अधिकारबारे सामान्य जानकारी पनि नराखेर विवादमा मुछ्न खोजिएको भन्दै असन्तुष्टि पोखे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया