प्रधानमन्त्रीको प्रश्न : काम गर्न पनि नदिने, वैकल्पिक सरकार बनाउन पनि नसक्ने ?

लोकपथ
7
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई काम गर्न नदिएको बताएका छन्। आज शुक्रवार आकस्मिक पत्रकार सम्मेलन गर्दै ओलीले आफूलाई काम पनि गर्न नदिने र वैकल्पिक सरकार पनि बनाउन नसक्ने भन्दै टिप्पणी गरेका हुन्।

वैकल्पिक सरकार बनेमा आफूले स्वागत गर्ने बताउँदै त्यसका लागि रचनात्मक सहयोग हुने प्रधानमन्त्री ओलीको भनाई छ । प्रधानमन्त्रीले सबै ईस्यूमा सहयोगी भावनाका साथ सहयोग गर्ने बताए । विश्वासको मत पनि नदिने, आफूलाई समर्थन पनि नगर्ने अनि वैकल्पिक सरकार पनि बनाउन नसक्नेहरुले मुलुकलाई अस्थिरतामा राखेको उनको भनाइ छ।

कोरोना भाइरसविरुद्ध एकजुट भएर लड्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले वैकल्पिक सरकार बनाउन मार्गप्रशस्त गरेको बताए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फोन गरेर वैकल्पिक सरकार बनाउन आग्रह गरेको बताउँदै उनले अन्य कुनै वैकल्पिक उपाय भए छलफल गर्न आग्रह गरेको पनि बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?