काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनर्स्थापना भएको अढाइ महिनासम्म प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव ल्याएर आफूलाई हटाउन पनि नसकेको र किचकिच पनि गर्न नछोडेको टिप्पणी गरेका छन् ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारलाई निर्बाध काम गर्न पनि नदिने र संसदलाई पनि सफल हुन नदिने खेल भएको बताएका छन् ।
‘वैकल्पिक सरकार पनि दिन नसक्ने र काम गर्न पनि नदिएपछि आफूले विश्वासको मत माग्दा राष्ट्रिय राजनीतिमा फोहोरी चक्रब्युह रचिएयो ।’ प्रधानमन्त्री ओलीले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया